ट्राफिक नियम उल्लंघन गर्ने ३ सय ३० सवारी चालक कारवाहीमा

भक्तपुर न्यूज

२६ असोज २०७६ ५:३७

ट्राफिक नियम उल्लंघन गर्ने ३ सय ३० सवारी चालक कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय ३० सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट शनिबार सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा सडक तथा फुटपाथमा पार्किङ गर्ने ४ जना, अनावश्यक हर्न बजाउने ४ जना र अन्य कारबाही ३ सय २२ जना गरी जम्मा ३ सय ३० सवारी चालक रहेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा शनिबार १७ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १६ जना सामान्य घाइते भएका छन् ।

प्रकाशित मितिः २०७६ असोज २६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *