दशैको अन्तिम दिन सुनको मूल्य लाग्यो ओरालो
काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ । शुक्रबारको तुलनामा आइतबार बजारमा सुन ३ सय रुपैयाँले घटेको हो । छापावाला सुन आज प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी भने स्थिर रहेर प्रतितोला ८ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज २६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
