डेनमार्कले स्विजरल्याण्डलाई १-० गोल अन्तरले हरायो

भक्तपुर न्यूज

२६ असोज २०७६ ५:०९

डेनमार्कले स्विजरल्याण्डलाई १-० गोल अन्तरले हरायो

काठमाडौं । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा डेनमार्कले साँघुरो जित निकालेको छ । शनिबार राति भएको समूह चरणको खेलमा डेनमार्कले स्विजरल्याण्डलाई १-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा डेनमार्कलाई जित दिलाउन युसुफ पाउलसेन नायक बने । खेलको ८५ औं मिनेटमा युसुफले गोल गर्दै डेनमार्कलाई महत्वपूर्ण ३ अंक दिलाए ।

जितसँगै समूह डी को डेनमार्कले शीर्ष स्थानको आयरल्याण्डसँग अंक बराबरी गरेको छ । दोस्रो स्थानको डेनमार्कले ६ खेलमा १२ अंक जोडेको छ । आयरल्याण्डको पनि ६ खेलबाट १२ अंक रहेको छ । पराजित स्विजरल्याण्ड ८ अंक जोडेर तेस्रो स्थानमा छ । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज २६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *