डेनमार्कले स्विजरल्याण्डलाई १-० गोल अन्तरले हरायो
काठमाडौं । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा डेनमार्कले साँघुरो जित निकालेको छ । शनिबार राति भएको समूह चरणको खेलमा डेनमार्कले स्विजरल्याण्डलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा डेनमार्कलाई जित दिलाउन युसुफ पाउलसेन नायक बने । खेलको ८५ औं मिनेटमा युसुफले गोल गर्दै डेनमार्कलाई महत्वपूर्ण ३ अंक दिलाए ।
जितसँगै समूह डी को डेनमार्कले शीर्ष स्थानको आयरल्याण्डसँग अंक बराबरी गरेको छ । दोस्रो स्थानको डेनमार्कले ६ खेलमा १२ अंक जोडेको छ । आयरल्याण्डको पनि ६ खेलबाट १२ अंक रहेको छ । पराजित स्विजरल्याण्ड ८ अंक जोडेर तेस्रो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज २६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३