१० वर्षपछि इंग्ल्याण्ड पराजित

भक्तपुर न्यूज

२५ असोज २०७६ ६:१९

१० वर्षपछि इंग्ल्याण्ड पराजित

काठमाडौं । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा इंग्ल्याण्ड पराजित भएको छ । छनोट अन्तर्गत शुक्रबार राति भएको समूह चरणको पाँचौं खेलमा इंग्ल्याण्ड चेक रिपब्लिकसँग २-१ गोल अन्तरले पराजित भयो।

चेक रिपब्लिकको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड पराजित भएको हो । खेलको पाँचौं मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट इंग्ल्याण्डले सुरुवाती अग्रता बनाएको थियो ।

तर, खेलको नवौं मिनेटमा जाकुब ब्राबेकले गोल गर्दै चेक रिपब्लिकलाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ८५ औं मिनेटमा ज्डेनेक ओन्द्रासेकले गोल गर्दै चेक रिपब्लिकलाई २-१ को जित दिलाए ।

यो हारसँगै इंग्ल्याण्ड १० वर्षपछि युरोकप छनोटमा पराजित भएको छ । युरो छनोट अन्तर्गत सन् २००९ को अक्टोबर १० मा युक्रेनसँग १-० ले पराजित भएपछि इंग्ल्याण्डले पहिलो पटक हार व्यहोरेको हो ।

योसँगै युरो छनोटमा इंग्ल्याण्डको ४३ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । चेक रिपब्लिकसँग पराजित भएपनि इंग्ल्याण्डको युरोकपमा छनोट हुने सम्भावना कायम रहेको छ । समूह ए को इंग्ल्याण्डले ५ खेलमा १२ अंक जोडेको छ । इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ ।

चेक रिपब्लिक ६ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहको अर्को खेलमा मोन्टेङग्रो र बुल्गेरियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज २५ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *