बेल्जियम युरो कप २०२० को लागि छनौट
काठमाडौँ । बेल्जियम युरो कप २०२० को लागि छनौट भएको छ । गएराती सम्पन्न खेलमा बेल्जियमले सान मारिनोलाई ९-० गोल को फराकिलो अन्तरले पराजित गर्दै युरोकपमा छनौट भएको हो ।
बेल्जियमको जितमा रोमेलु लुकाकुले २ गोल गरे भने नासर चादली, टोबी अल्डर वेईरेल्ड, योउरी टिएलेमेन्स, क्रिस्टियन बेन्टेक, यारी भेर्सचारेन र टिमुथि कास्टागनेले एक एक गोल गरेका थिए भने एक गोल सान मारिनोका क्रिस्टियन ब्रोलीले आत्मघाती गोल गरेका थिए ।
यो सँगै लुकाकुले अन्तर्राष्ट्रिय खेलमा आफ्नो ५० गोल समेत पुरा गरेका छन् ।
युरो छनौटको समुह आइमा रहेको बेल्जियम यो जितपछि ७ खेलमा अपराजित हुदै युरोमा छनौट हुने पहिलो देश बनेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज २४ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५