नेदरल्याण्डसंग नर्दन आयरल्याण्ड पराजित

भक्तपुर न्यूज

२४ असोज २०७६ ०:४९

नेदरल्याण्डसंग नर्दन आयरल्याण्ड पराजित

काठमाडौँ । युरो कप छनोटमा नेदरल्याण्डसंग नर्दन आयरल्याण्ड पराजित भएको छ । बिहिबार भएको खेलमा आयरल्याण्ड टोलीले नेदरल्याण्डसंग ३–१ को हार ब्यहोरेको हो ।

पराजयसंगै युरो कपमा छनोट हुने नर्दन आयरल्याण्डको सम्भावना जटिल बनेको छ । नर्दन आयरल्याण्डले ७५ औ मिनेटमा जोस मगिनिसको गोलबाट खेलमा अग्रता बनाएको थियो ।

मेम्फिस डीपेले ८० औ मिनेटमा घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए । डी जोङले दोस्रो हाफको ईन्जुरी समयमा डच टोलीलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि डीपेले ब्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्याण्डको जित सुनिश्चित गरेका थिए ।

जितपछि नेदरल्याण्ड ५ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लियो । जर्मनी समेत समान १२ अंक सहित दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको नर्दन आयरल्याण्ड १२ अंक सहित तेस्रो स्थानमा रह्यो । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज २४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *