केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । आज देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भूभागमा मौसम सामान्यतया सफा रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोपख देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पहाडी भेगको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहको महाशाखाले जनाएको छ ।
आज राति पनि देशको पहाडी भूभागमा आंशिंक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहने मौसमविदले बताएका छन् । बाँकी भूभागमा रातीको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज २४ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
