जर्मनी र अर्जेन्टिनाको बराबरी

भक्तपुर न्यूज

२३ असोज २०७६ ४:५१

जर्मनी र अर्जेन्टिनाको बराबरी

काठमाडौं । अर्जेन्टिनाले मैत्रीपुर्ण फुटबल खेलमा जर्मनसंग २–२ गोलको बराबरी खेलेको छ । बुधबार राति डर्टमण्डमा भएको खेलमा अर्जेन्टिनाले बराबरी खेलेको हो । घरेलु टोली जर्मनीले १५ औ मिनेटमा सर्ज गन्ब्रीको गोलबाट अग्रता लिएको थियो ।

२२ औ मिनेटमा काई हाभेर्टेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २–० ले अघि बढेको जर्मनीलाई अर्जेन्टिनाले दोस्रो हाफमा रोक्न सफल भयो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लुकास एलारियोले अर्जेन्टिनालाई खेलमा फर्काउने कोशिश गरेका थिए ।

६६ औ मिनेटमा एलारियोले हेडमार्फत अर्जेन्टिनाका लागि गोल गरेका थिए । डेब्यु खेलाडी लुकास ओकम्पोसले ८५ औ मिनेटमा अर्जेन्टिनाका लागि बराबरी गोल गरेका थिए ।

अर्जेन्टिना पहिलो हाफमा एउटा गतिलो प्रहार गर्न समेत असफल भएको थियो । तर वैकल्पिक खेलाडीको रुपमा एलारियोलाई मैदान छिराएपछि खेलमा परिवर्तन आएको थियो । जर्मनीका गन्ब्रीले १० औ अन्तराष्ट्रिय गोल गर्न सफल भए । उनले ११ खेल खेल्दै सो गोल संख्या पुरा गरेका हुन् ।

युरो छनोटको अगाडी जोचिम लेउ नेतृत्वको जर्मनीले मैत्रीपुर्ण खेल खेलेको हो । जर्मनी समुह सीमा १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । जर्मनीले आईतबार ईस्टोनियासंग युरो छनोटको खेल खेल्दैछ । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज २३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *