अवैध सुनसहित चाबहिलबाट दुई पक्राउ

भक्तपुर न्यूज

१५ असोज २०७६ ४:३२

अवैध सुनसहित चाबहिलबाट दुई पक्राउ

काठमाडौं । अवैध सुनसहित प्रहरीले चाबहिलबाट नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई पक्राउ गरको छ ।

वृत्तबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको अवस्थामा १६ तोला १४ लाल सुनसहित उनीहरुलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त सुनको मूल्य रु १२ लाख बराबर रहेको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असोज १५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *