ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ८९ सवारी चालक कारबाहीमा

भक्तपुर न्यूज

१४ असोज २०७६ ८:१७

ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६ सय ८९ सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ६ सय ८९ जना सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट सोमबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा लेन उल्लंघन गर्ने १ सय ७० जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ९६ जना, मदिरा पिएर सवारी साधन चलाउने १ सय २८ जना, अनावश्यक हर्न बजाउने ४० जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ३० जना, टिपर कारबाहीमा १३ जना, ब्हील लकबाट १ सय ३९ जना, ट्याक्सीरकार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३० जना, सिसिटीभीमार्फत कारबाही ४४ जना र अन्य ८ सय ९९ जना गरी जम्मा १ हजार ६ सय ८९ जना सवारी चालक रहेका छन् ।

प्रकाशित मितिः २०७६ असोज १४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *