दशैको सुरु दिनमै ओरालो लाग्यो सुनचाँदीको मूल्य
काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार बजारमा सुन ६ सय र चाँदी १५ रुपैयाँले घटेको हो । छापावाला सुन आज प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज १२ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
