महिलाको ढाड पुरुषको भन्दा किन दुख्छ बढि

भक्तपुर न्यूज

११ असोज २०७६ ०:४१

महिलाको ढाड पुरुषको भन्दा किन दुख्छ बढि

काठमाडौं । पुरुषको तुलनामा महिलामा ढाड दुख्ने समस्या बढी देखिने चिकित्सकले बताएका छन् । अर्थोपेडिक तथा स्पाइनल सर्जनहरुका अनुसार ढाड दुख्ने समस्या पुरुषमा भन्दा महिलामा बढी देखिन्छ ।

उमेर बढ्दै जाँदा महिलाहरुमा महिनावारी रोकिएपछि एस्ट्रोजिन नामक हड्डीलाई बलियो बनाउने हर्मोनको कमी हुँदै जान्छ । महिलाहरुलाई महिनावारी भएको बेलामा पनि एकदम ढाड दुख्ने समस्या हुन सक्छ । आजकलको अनब्यबस्थित जीवनशैलीका कारण ढाड दुखाइ सामान्य समस्या बनिसकेको छ ।

यो समस्याले बृद्ध अवस्थामा मात्र नभएर बच्चा तथा जवानहरुलाइ पनि सताउन थालेको छ । धेरै सुतेमा, अडेस लागेमा, धेरै समय सम्म उभिएमा, धेरै समय बसेमा, भारी बोकेमा ढाड दुख्ने समस्या सुरु हुन थाल्छ ।

नेपालमा हरेक चार जनामा तीन जनालाई यो समस्या देखा पर्छ । ८० प्रतिशत जनसंख्याले वर्षको एकपटक कम्मर वा दुखेको समस्या सहेकै हुन्छ । ढाड दुख्ने समस्याले दैनिक गर्ने कामहरुलाई प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ ।

ढाड दुख्ने समस्या केही दिनमा आफै ठीक हुन्छ। तर, यो समस्या एक पटक देखिएपछि फेरि फेरि पनि दोहोरिने सम्भावना बढी हुदा यसले स्वास्थ्यमै समस्या निम्त्याउन सक्छ ।

भारी समान उचाल्दा तथा अपर्झट ढाडमा बल पर्न जादा मांसपेशी तन्कने, खुम्चिने तथा च्यातिने हुदा मेरुदण्डको हड्डी टुट्न सक्छ। मेरुदण्डमा हुने संक्रमण, जोर्नी खिइनु तथा अनियमित तरिकाले बांगिने हुँदा पनि ढाड दुख्ने समस्या निम्तिन सक्छ ।

जवान अवस्थामा धेरै काम गर्नाले वा धेरै सुत्ने गर्दा ढाड दुख्ने समस्या देख्न थाल्छ । ४०:४५ को उमेर देखि मानिसको शरीरमा पहिला जस्तो बल हुदैन । खानपान र उमेर संगै विभिन्न रोग लागेपछि हाड र मासुमा परिवर्तन देखा पर्न थालेपछि नसा च्यापिने समेत समस्या देखिन सुरु हुन्छ ।

नसा च्यपिन थालेपछि ढाड दुख्नुका साथ साथै शरीरका विभिन्न अंग झमझमाउने, हिँड्न गाह्रो हुने, हात खुट्टा काप्ने, लेख्न गाह्रो हुने, शरीर कमजोर महसुस हुने गर्छ । अतियाधिक ढाड दुख्ने समस्याले स्पाइन क्यान्सर वा मेरुदण्ड क्यान्सर समेत हुन सक्छ ।

ढाडसम्बन्धी रोगको प्रमुख कारण जीवनशैली, ब्यायाम, खानपिन, अल्छिपन हो । १० देखि १५ घन्टासम्म बसेर नै काम गर्ने हुदा ढाडमा निकै दबाब पुगेर पोस्चर नमिल्दा दुखाइ सुरु हुने गर्छ । धूमपान र मदिरालाई त्याग गरेर पोषणयुक्त सन्तुलित खाना खाइ, दैनिक ब्यायाम गरेमा ढाड दुख्ने समस्याबाट निकै लाभ पाउन सकिन्छ ।

प्रकाशित मितिः २०७६ असोज ११ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *