क्यापिटल लेटरका कारण सालहलाई दिएको मत मान्य भएन

भक्तपुर न्यूज

११ असोज २०७६ ०:३०

क्यापिटल लेटरका कारण सालहलाई दिएको मत मान्य भएन

काठमाडौं । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने वर्ष फुटबलरको अवार्ड यो वर्ष पुरुष तर्फ बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जिते ।

उनले लिभरपुलका भर्जिल भान डिजेक र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेर अवार्ड जिते । गएको वर्ष शीर्ष तीनमा परेका लिभरपुलका मोहम्मद सालह यो वर्ष शीर्ष तीनमा परेनन् ।

फिफाले सार्वजनिक गरेको मतको सूचिमा इजिप्टका पत्रकारले लिएको मत थियो तर प्रशिक्षक र कप्तानले दिएको मत थिएन । यसले विवाद निम्त्यायो । सालहले आफ्नै देशका प्रशिक्षक र कप्तानको मत नदेखेपछि मन दुःखाए ।

उनले आफ्नो ट्वीटरको बायोमा इजिप्टको नाम हटाए र प्रभाव परेको सन्देश जाने ट्वीट पनि गरे । इजिप्टका प्रशिक्षक शावकी घरिब र कप्तान अहमद एलमोहमदीले दिएको मत गणना भएन । फिफाले जारी गरेको मतको सूचिमा उनीहरुको नाम दिएन ।

फिफाका अनुसार इजिप्टका प्रशिक्षक र कप्तानले दिएको मत उनीहरुको हस्ताक्षर क्यापिटल लेटरमा भएकाले योग्य ठहर भएन। इजिप्टको फुटबल एसोसिएसन ९इएफए० ले प्रशिक्षक र कप्तानले सालहकै लागि मत दिएको बताएको थियो ।

फिफाका अनुसार मत दिने फर्ममा गरेको हस्ताक्षर क्यापिटल लेटरमा रहेको तथा अनिवार्य रहेको इएफएका महासचिवको हस्ताक्षर पनि नभएकाले मत अमान्य भएको हो । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज ११ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *