भक्तपुर आउने विदेशी पर्यटकलाई सम्मान

भक्तपुर न्यूज

१० असोज २०७६ ७:३५

भक्तपुर आउने विदेशी पर्यटकलाई सम्मान

भक्तपुर । ४० औं विश्‍व पर्यटन दिवसका अवसरमा आज भक्तपुरमा पहिला आइपुग्ने विदेशी पर्यटकलाई सम्मान गरिएको छ । भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिद्वारा आज भक्तपुर दरबार क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले माला, भादगाउँले टोपी लगाइदिएर चार देशका १२ जना पर्यटकलाई स्वागत गरेका थिए ।

पर्यटकहरुलाई नगरपालिकाको पिक्टोरियल बुक र भक्तपुरको मौलिक उत्पादनहरू उपहार प्रदान गर्दै लाखे प्याखं र माक प्याखं प्रस्तुत गरी स्वागत गरिएको थियो ।

यस्तै पर्यटन व्यवसायी एवं सरोकारवालाले पनि उनीहरुलाई विभिन्न हस्तकलाका सामग्री उपहार प्रदान गर्नुका साथै पर्यटकलाई र्‍याली एवम् झाँकीसहित दरबार क्षेत्र परिक्रमा गराइएको थियो । ती पर्यटकलाई प्रवेशसमेत निःशुल्क गर्नुका साथै सम्मान गरिएको थियो ।

प्रकाशित मितिः २०७६ असोज १० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *