बार्सिलोनालाई जरिवाना
काठमाडौं । स्पेनिस फुटबल फेडेरेसनले ला लिगा च्याम्पियन बार्सिलोनालाई जरिवाना गरेको छ । फेडेरेसनले एन्टोनियो ग्रिजम्यान अनुबन्ध गर्दा नियम तोडेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना गरेको हो ।
बार्सिलोनाले ग्रिजम्यानलाई गत जुलाईमा एट्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा अनुबन्ध गरेको थियो । तर, ग्रिजम्यानको रिलिज क्लउज तयार हुँदै गर्दा बार्सिलोनाले सहमति बिना नै उनलाई अनुबन्ध गरेको एट्लेटिकोले आरोप लगाएको थियो । एट्लेटिकोले ग्रिजम्यानको रिलिज क्लउज २०० मिलियन रहेको बताएको थियो ।
एट्लेटिकोले ग्रिजम्यान अनुबन्ध गर्दा बार्सिलोनाले नियम तोडेको भन्दै फेडेरेसनमा उजुरी दर्ता गरेको थियो । फेडेरेसनले अनुसन्धान गर्दा बार्सिलोना दोषी देखिएको र जरिवाना गरिएको जनाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज १० शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ जेठ २०८२ ११:४०
आज रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न वार्ता
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
१ जेठ २०८२ १२:२०
सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर
१ जेठ २०८२ १६:१६
क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई गरे बाइबाई
१ जेठ २०८२ १०:४८