कतार जादै विश्व च्याम्पियनसिप खेल्न सरस्वती

भक्तपुर न्यूज

९ असोज २०७६ ९:४०

कतार जादै विश्व च्याम्पियनसिप खेल्न सरस्वती

काठमाडौं । विश्व एथ्लेटिक्स च्याम्पियनसिप खेल्न सरस्वती चौधरी आज (बिहिबार) कतार जादै छिन् ।

विश्व एथ्लेटिक्स महासंघले आयोजना गर्ने प्रतियोगितामा सहभागीता जनाउन सरस्वती कतारको दोहा जान लागेकी हुन् ।

उनी साँझ ९ बजे कतार एयरवेजबाट दोहा प्रस्थान गर्ने तालिका रहेको छ ।

उनले कतारको दोहामा हुने विश्व च्याम्पियनसिपमा १०० मिटर स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन् । प्रतियोगिता असोज १० देखि १९ गतेसम्म हुदैछ ।नेपालको तर्फबाट १०० मिटर स्पर्धामा सरस्वतीले सहभागीता जनाउनेछिन् ।

विश्वभरका उत्कृष्ट एथ्लेटिक्सको सहभागीता रहने प्रतियोगितामा नेपालबाट अन्तिम समयमा सरस्वतीको नाम सिफारिस भएको थियो ।

विभागीय टिम आर्मीकी खेलाडी सरस्वतीले आठौं राष्ट्रिय खेलकुदमा १०० र २०० सय मिटर दौडमा स्वर्ण जितेकी थिईन् । उनले सुरुवाती समयमा विभागीय टिम एपीएफबाट समेत केही बर्ष खेलेकी थिईन् ।

प्रकाशित मितिः २०७६ असोज ९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *