ग्रिम्स्बी टाउनलाई ७-१ गोल अन्तरले पराजित गर्दै चेल्सी चौंथो चरणमा
काठमाडौं । इन्ग्लिश प्रिमियर लिग क्लब चेल्सी काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लिग टु क्लब ग्रिम्स्बी टाउनलाई ७-१ गोल अन्तरले पराजित गर्दै चेल्सी चौंथो चरणमा पुगेको हो ।
घरेलु मैदानमा चेल्सीलाई फराकिलो जित दिलाउन मिची बात्सुआईले दुई गोल गरे । यस्तै रोस बार्क्ली, पेड्रो रोड्रिगेज, कुर्ट जौमा, रिसी जेम्स र कलुम हड्सनले एक एक गोल गरे । ग्रिम्स्बीका माथ्यु ग्रीनले सान्त्वना गोल फर्काए ।
स्टामफोर्ड ब्रिजमा चेल्सीले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरेको थियो ।अब चेल्सीले चौंथो चरणमा म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ । युनाइटेड लिग वान क्लब रोचडेललाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै चौंथो चरणमा पुगिसकेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज ९ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७