गाडीको ठक्करबाट अमेरिकामा एक नेपालीको मृत्यु, एक घाइते

भक्तपुर न्यूज

९ असोज २०७६ ४:२०

गाडीको ठक्करबाट अमेरिकामा एक नेपालीको मृत्यु, एक घाइते

काठमाडौं । अमेरिकाको केन्टकी राज्यमा बुधबार गाडीको ठक्करबाट बाटो छेउ हिँडीरहेका एक नेपालीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिवास, महोत्तरीका ५८ वर्षीय विष्णुप्रसाद सापकोटा रहेका छन् ।

बुधबार बिहान घुम्न निस्केका सापकोटा रिचमण्ड रोड र न्यु सर्कल रोड आसपासमा दुर्घटनामा परेका थिए । स्थानीय प्रहरीका अनुसार नेपालबाट घुम्न आएका लेक्जिङ्गटन शहरमा सापकोटालाई गाडीले ठक्कर दिँदा गम्भीर घाइते भई युनिभर्सिटी अफ केन्टकी अस्पतालमा लगिएको थियो । पछि अस्पतालले मृत घोषित गरिएको स्थानीय समाचार संस्था लेक्स १८ ले जनाएको छ ।

सँगै घुम्न निस्केकी उनकी घाइते श्रीमती विमला सापकोटा भने घाइते भएकी छन् ।  । उनको हाल युनिभर्सिटी अफ केन्टकी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि बन्द गरिएको त्यस क्षेत्रको बाटो खुल्न करिब ३ घन्टा लागेको थियो ।पारिवारिक स्रोतका अनुसार उनीहरु ३ हप्ता अघिमात्र छोरी बिनिता सापकोटा तथा ज्वाई रोशनराज घिमिरेलाई भेट्न गएका थिए ।

प्रकाशित मितिः २०७६ असोज ९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *