चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा
काठमाडौं । बुधबार दिनभर देशभरि आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसमविज्ञान विभागले जनाएको छ। थोरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना समेत रहेको छ ।
बिहानैदेखि काठमाडौँ उपत्यकासहितका क्षेत्रमा परेको पानी हाल केही कम भएको छ । थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्स हित हल्का वर्षाको सम्भावना समेत रहेको बिभागले जनाएको छ ।
राति पनि देशभर सामान्य बदली हुनेछ । मध्य तथा पूर्वका केही तथा पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।
प्रकाशित मितिः २०७६ असोज ८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
