टोटेनहम स्तब्ध !

भक्तपुर न्यूज

८ असोज २०७६ ४:४२

टोटेनहम स्तब्ध !

काठमाडौं । ईपीएल कपमा टोटेनहमले स्तब्धपुर्ण नतिजा आत्मसाथ गरेको छ ।  लिग टू क्लब कोलचेस्टर युनाईटेडसंग पेनाल्टी सुटआउटमा पराजित हुदै टोटेनहम ईपीएल कपको तेस्रो चरणबाट बाहिरिएको छ ।

मंगलबार राति कोलचेस्टरले पेनाल्टी सुटआउटमा जित निकाल्दै चौथो चरणमा प्रवेश गर्यो । अघिल्लो सिजन सेमिफाइनल खेलेको टोट्नहमका लागि क्रिस्टियन ईरिक्सन र लुकास मौरा पेनाल्टीमा असफल भएका थिए ।

पेनाल्टीमा सफल कोलचेस्टरले ४४ बर्षको ईतिहासमा पहिलो पटक अन्तिम १६ मा पुग्ने संकेत देखाएको छ । टोटेनहमका प्रशिक्षक माउरिजियो पोचिटिनो आफ्नो प्रशिक्षक करियरमा ठुलो उपाधिको खोजीमा छन् ।

उनी गत बर्षको च्याम्पियन्स लिगको उपविजेता हुन् । ईपीएल कपमै समेत उनी अन्तिम ४ मा अटाएका थिए । तर प्रशिक्षण करियरमा उनले मंगलबारको रात सबै भन्दा खराब नतिजा आत्मसाथ गरे । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज ८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *