सिटी काराबाओ कपको चौंथो चरणमा

भक्तपुर न्यूज

८ असोज २०७६ ४:४०

सिटी काराबाओ कपको चौंथो चरणमा

काठमाडौं । म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा प्रिस्टन नर्थ इन्डलाई ३-० ले हराउँदै सिटी चौंथो चरणमा पुगेको हो ।

सिटीको सहज जितमा रहिम स्ट्रलिङ, ग्राबियल जिससले एक एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

दोस्रो डिभिजन क्लब प्रिस्टनविरुद्ध खेलको १९ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा जिससले गोल गर्दा सिटीको अग्रता २-० को बन्यो । त्यसपछि खेलको ४२ औं मिनेटमा रायन लिड्सले आत्मघाती गोल गर्दै सिटीले ३(० को सहज जित निकाल्यो । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज ८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *