आर्सनलको सहज जित
काठमाडौं । इन्ग्लिश प्रिमियर लिग क्लब आर्सनल काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा नटिङघम फोरेष्टलाई ५-० गोल अन्तरले पराजित गर्दै आर्सनल चौंथो चरणमा पुगेको हो ।
आर्सनलको फराकिलो जितमा ग्राबियल मार्टीनेलीले दुई गोल गरे । यस्तै रोब होल्डीङ, जोसेप विल्लक र रेइस नेल्सनले एक एक गोल गरे । च्याम्पियनसिप क्लबविरुद्ध आर्सनलले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा ४ गोल गरेको थियो ।
यस्तै लेष्टर सिटीले लुटोन टाउनलाई ४-०, एभर्टनले सेफिल्ड वेनस्डेलाई २-० र वाट्फोर्डले स्वान्सी सिटीलाई २-१ ले हराएर काराबाओ कपको चौंथो चरणमा प्रवेश गरेका छन् । त्यस्तै साउथह्याम्पटनले पोर्ट्समाउथलाई ४-० ले हराएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज ८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
३ जेठ २०८२ १६:०३