नेइमारको पक्षमा बोले पिएसजी प्रशिक्षक
काठमाडौं । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट–जर्मेन पिएसजी का प्रशिक्षक थोमस टुसिलले नेइमार पूर्ण रुपमा क्लबमा समर्पित रहेको बताएका छन् ।
लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा नेइमारले ८७ औँ मिनेटमा गरेको गोलको सहयोगमा पिएसजीले लियोनमाथि १–० को जित निकाल्यो ।
यो जित र त्यसमा नेइमारले गरेको गोलले उनी शतप्रतिशत पिएसजीको साथमा रहेको पुष्टि हुने प्रशिक्षक टुसिलले बताएका हुन् ।
नेइमारले गएको हप्ता पनि इन्जुरी समयमा गोल गरेर टिमलाई जित दिलाएका थिए । नेइमार बार्सिलोना फर्किने प्रयासमा थिए र त्यहि कारण उनले लिग वानमा सुरुका चार खेल गुमाएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज ६ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
२ जेठ २०८२ १८:१५