थ्री स्टारले शेख कमल अन्तर्राष्ट्रिय कप खेल्ने

भक्तपुर न्यूज

५ असोज २०७६ ६:२५

थ्री स्टारले शेख कमल अन्तर्राष्ट्रिय कप खेल्ने

काठमाडौं । ललितपुर ए डिभिजन क्लब थ्री स्टारले बंगलादेशमा आयोजना हुने शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा सहभागिता जनाउने भएका छन् ।

थ्री स्टारले आइतबार राजधानीमा भएको क्लबको वार्षिक अधिवेशनको दौरान प्रतियोगिता खेल्ने जानकारी गराएको हो । थ्री स्टारले प्रतियोगिता खेल्ने पक्का भएको छ। अब हामी खेलाडीको तयारीमा लाग्ने छौँ, कार्यक्रममा क्लबका महासचिब सन्जिब शिल्पकारले भने ।

बंगलादेश फुटबल फेडेरेसनको आयोजनामा हुने प्रतियोगिता आगामी कात्तिक २ देखि १३ गते सम्म चितागोङमा हुनेछ । यस प्रतियोगिता तेस्रो संस्करणको हुनेछ । एमए अजिज स्टेडियममा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा थ्री स्टारसहित बंगलादेशको चितागोङ अबहानी, बसुन्धरा किङ्स, ढाका अबहानी, भारतको मोहन बगान, मोहमादेन स्पोर्ट्स क्लब र माल्दिभ्सको टीसी स्पोर्ट्सले प्रतिस्पर्धा गर्ने छन् । गत संस्करणमा नेपालबाट मनाङ मर्स्याङ्दीले प्रतिस्पर्धा गरेको थियो । मनाङ सेमिफाइनलसम्म पुगेको थियो ।

प्रकाशित मितिः २०७६ असोज ५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *