नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशन भोलिबाट सुरु
काठमाडौं । नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशन भोलिबाट सुरु हुने भएको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भोलि असोज ३ गते दिउँसो एक बजे सल्लाघारीस्थित तीनकुनेको खुल्ला चौरमा पार्टीको सातौं महाधिवेशन उद्घाटन गर्ने पार्टीले जनाएको छ ।
महाधिवेशनको पहिलो दिन भोलि भक्तपुरको च्याह्मासिंह, बोडे र काठमाडौंको कोटेश्वरगरी तीन ठाउँबाट जुलुश निस्किएर सल्लाघारीस्थित तीनकुनेमा सहभागी हुने कार्यक्रम रहेको नेमकिपाको महाधिवेशन तयारी समितिले जनाएको छ ।
पार्टीको महाधिवेशन असोज ३ गतेदेखि ५ गते सम्म भक्तपुरमा हुनेछ । महाधिवेशनमा ४८ जिल्लाबाट प्रतिनिधिहरु सहभागी हुनेछन् ।
प्रकाशित मितिः २०७६ असोज २ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५