म्यानचेस्टर युनाइटेडलाई अस्टनाको चुनौती

भक्तपुर न्यूज

२ असोज २०७६ ४:३९

म्यानचेस्टर युनाइटेडलाई अस्टनाको चुनौती

काठमाडौं । युरोपा लिग फुटबलको समूह चरणका खेलहरु आज बिहिबार बाट सुरु हुँदैछ । युरोपा लिगमा बिहिबार विभिन्न १२ समूहका २४ खेलहरु हुँदैछ ।

इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा काजकिस्तानको एफसी अस्टनासँग सिजनको सुरुवात गर्नेछ । ओल्ड ट्राफोर्डमा मैदान उत्रदा बलियो टिम युनाइटेड सहज जितेको खोजीमा हुनेछ । समूह ए मा रहेको दुई टोलीबीचको खेल राति १२:४५ मा सुरु हुनेछ ।

अर्को इन्ग्लिश क्लब आर्सनलले जर्मन क्लब फ्रान्कफर्टसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह एफ मा रहेको आर्सनलले फ्रान्कफर्टसँग उसैको मैदानमा खेल्नेछ ।

स्पेनिस क्लब सेभियाले क्वाराबागसँग खेल्दा गेटाफेले ट्राबजोन्सपोरसँग खेल्नेछ । इटालियन क्लब रोमाले स्तानबुलसँग र लाजियोले सीआरएफ क्लुजसँग खेल्नेछ । स्पानियोलले फेरेनकार्भोस र पोर्टोले योङ ब्वाईजसँग खेल्नेछ । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज २ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *