‘छिछोरे’ को बक्सअफिसमा शानदार कमाई, १२ दिनमा सय करोड क्लबमा
काठमाडौं । अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘छिछोरे’ ले बक्सअफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले प्रदर्शनको १२औ दिनमा सय करोड कमाई गरेको छ ।
दर्शक र समीक्षकबाट मिलेको प्रशंसाको फाइदा उठाउदै छिछोरेले ५ दिनमा ५४ करोड १३ लाख कमाई गरेको थियो । फिल्मले १२ दिनसम्म १०२ करोड १९ लाख कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।
फिल्मले ५ दिनमा ५० र ९ दिनमा ७५ करोड कमाई गरेको थियो । फिल्मले पहिलो साता ६८ करोड ८३ लाख र दोस्रो साता ३३ करोड ६३ लाख कमाई गरेको छ ।
‘दंगल’ फेम निर्देशक नितेश तिवारी निर्देशित ‘छिछोरे’ मा श्रद्धा कपूर, सुशान्त सिंह राजपूत र वरुण ग्रोवर स्टार रहेका छन् । यस फिल्ममा कलेजका साथीहरुको कथा देखाइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज १ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८