पहिलो खेलमा डच क्लब आयाक्सको सहज
काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा डच क्लब आयाक्सले सहज जित निकालको छ ।
मंगलबार राति भएको खेलमा आयाक्सले फ्रेन्च क्लब लिलीलाई ३-० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा आयाक्सलाई जित दिलाउन एन्टोन प्रोमेस, एड्सन अल्भारेज र निकोलस टाग्लियाफिकोले एक एक गोल गरे ।
जितसँगै समूह एच को आयाक्सले पहिलो खेलमा ३ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा छ । यस समूहमा चेल्सीलाई हराएको भ्यालेन्सिया ३ अंक जोडेर दोस्रो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज १ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३