मोरिसले सिड्नीबाट बीबीएल खेल्ने
काठमाडौं । दक्षिण अफ्रिकी बलिङ अलराउन्डर क्रिस मोरिसले सिड्नी थण्डरबाट अष्ट्रेलियाको फ्रेन्चचाइज लिग बिग बास लिग बीबीएल क्रिकेट खेल्ने भएका छन् ।
सिड्नीले आगामी सिजनको बीपीएलका लागि मोरिससँग सम्झौता गरेको छ । सिड्नीका प्रशिक्षक शेन बोन्डले टी-ट्वान्टीमा निकै अनुभवी खेलाडी मोरिस अनुबन्ध गर्नु टिमलाई निकै फाइदा रहेको बताएका छन् ।
मोरिस दक्षिण अफ्रिकाको माजंसी सुपर लिग सकिएपछि मात्र सिड्नीमा आउने छन् । माजंसी सुपर लिग डिसेम्बर १६ मा सकिनेछ । सिड्नीले डिसेम्बर १७ मा ब्रिसबेनसँग पहिलो खेल खेल्दै बीबीएलको सुरुवात गर्नेछ ।
३२ वर्षे मोरिसले गत सिजन दिल्ली क्यापिटल्सबाट इण्डियन प्रिमियर लिग खेलेका थिए । त्यसअघि उनले चेन्नई र राजेस्थानबाट समेत खेलिसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज १ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
२ जेठ २०८२ १८:१५