पीएसजी नेयमार, एम्बाप्पे र इडिन्सन काभानीबिनै मैदान उत्रने

भक्तपुर न्यूज

१ असोज २०७६ ७:१२

पीएसजी नेयमार, एम्बाप्पे र इडिन्सन काभानीबिनै मैदान उत्रने

काठमाडौं । च्याम्पियन्स लिग फुटलबमा आज (बुधबार) राति फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिडबीच प्रतिस्पर्धा हुदैछ । पीएसजीले घरेलु मैदानमा स्पेनिस महारथी रियल मड्रिडलाई आतिथ्यता प्रदान गर्न लागेका हो ।

युरोपेली क्लब फुटबलका दुई खर्चालु क्लब च्याम्पियन्स लिगको नयाँ सिजनकाे सुरुवातमै भिड्न लागेका हुन् । घरेलु मैदानमा रियल मड्रिडलाई आतिथ्यता प्रदान गर्दै गर्दा पीएसजीसंग मुख्य तीन स्टार खेलाडी हुने छैनन् । पीएसजी नेयमार, केलियन एम्बाप्पे र इडिन्सन काभानीबिनै मैदान उत्रनेछ ।

एम्बाप्पे र काभानी चोटका कारण मैदान बाहिर छन् । नेयमारमाथि युईएफएको दुई खेलको प्रतिबन्ध यथावत छ । पीएसजीले घरेलु मैदानमा एरिक चौपो मोटिङ र नयाँ अनुहार मौरो इकार्डीलाई रियलविरुद्वको खेलमा मैदानमा उतार्न सक्नेछ ।

‘सबैलाई थाहा छ हामीसंग केही फरवार्ड हुने छैनन् । तर हामी बाँकी खेलाडीमाथि विश्वास गछौ ।’ पीएसजीका प्रशिक्षक थोमस टुचेलले भने ।

Eden Hazard believes defeat is more of a 'disaster' at Real Madrid than it was while at Chelsea

चोटकै कारण पाहुना टोली रियललाई समेत पिरोलेको छ । उसका धेरै पहिलो रोजाईका खेलाडी पीएसजीविरुद्वको खेलमा हुने छैनन् । लुका मोड्रिच, ईस्को र मार्को एसेन्सियो चोटका कारण मैदान उत्रने छैनन् ।

नाचो र सर्जियो रामोस निलम्बनका कारण पीएसजीविरुद्वको खेलमा देखिने छैनन् । ईडेन हजार्डले रियलको जर्सीमा च्याम्पियन्स लिगमा डेब्यु गर्नेछन् । चोटकै कारण हजार्डले स्पेनिस लिगका सुरुवाती तीन खेल गुमाएका थिए । रियलका प्रशिक्षक जिनेदिन जिदानलाई निलम्बनपछि फर्किएका ग्यारेथ वेलको साथ भने रहनेछ । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज १ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *