डी गियाले थपे युनाईटेडसंग सम्झाैता
काठमाडौं । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डी गियाले क्लबसँग ४ वर्षे नयाँ सम्झौता गरेका छन् ।
स्पेनिस गोलकिपर डी गियाले युनाइटेडसँग सोमबार ४ वर्षको नयाँ सम्झौता गरेका हुन् ।
युनाइटेडसँगको नयाँ सम्झौतासँगै डी गिया सन् २०२३ सम्म क्लबमा रहने छन् । युनाइटेडका पहिलो रोजाईका किपर डी गियाको क्लबसँगको सम्झौता यसै सिजनको अन्त्यबाट सकिदै थियो ।
२८ वर्षे सन् २०११ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट युनाइटेड आएका थिए । डी गियाले युनाइटेडबाट ३६७ खेलमा १३० क्लिन सिट निकालेका थिए ।
डी गियाले युनाइटेडबाट १ प्रिमियर लिग, १ एफए कप, १ लिग कप र १ युरोपा लिग जितेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ ३१ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२५ वैशाख २०८२ १०:५४
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२५ वैशाख २०८२ १०:५३
चेन्नई सुपर किंग्सको तेस्रो जित
२५ वैशाख २०८२ १०:५८