के जायरा वसीम चलचित्र क्षेत्रमा फर्कने सोचमा हुन् त ?
काठमाडौं । दंगल’ चलचित्रको लागि ‘बेस्ट सर्पोटिङ एक्टर’ को राष्ट्रिय चलचित्र पुरस्कार जितिसकेकी जायरा वासिमको विषयमा सामाजिक सञ्जालमा केही दाबीसहितका पोस्टहरु आइरहेका छन्।
केही महिना अगाडि उनले आफ्नो धर्म र अल्लाहको लागि चलचित्र छोड्ने निर्णय सुनाएकी थिइन्। अहिले आफ्नो चलचित्र ‘द स्काई इज पिंक’ चलचित्रको प्रोमोशनमा छिन्। यही अवधिमा जायरा चलचित्र क्षेत्रमा पुन फर्कन सक्ने अनुमान लगाइएको छ।
जायरा अभिनित पछिल्लो चलचित्रको पोस्टरमा प्रियंका चोपडा, फरहान अख्तर र रोहित सराफसँग जायरा पनि देखिएकी छन्। वास्तविक जीवनमा आधारित यो चलचित्र सन् २०१९ को अक्टोबर ११ मा प्रदर्शन हुँदैछ।
पोस्टर सार्वजनिक भएसँगै अभिनेत्री प्रियंका चोपडाले एक फोटो सार्वजनिक गर्दै ट्वीट पनि गरेकी थिइन् जसमा जायराको चलचित्र क्षेत्रमा फर्कने संभावना देखिएको संकेत छ।‘दंगल’ चलचित्रको लागि ‘बेस्ट सर्पोटिङ एक्टर’ को राष्ट्रिय चलचित्र पुरस्कार जितिसकेकी जायरा वासिमको विषयमा सामाजिक सञ्जालमा केही दाबीसहितका पोस्टहरु आइरहेका छन्।
केही महिना अगाडि उनले आफ्नो धर्म र अल्लाहको लागि चलचित्र छोड्ने निर्णय सुनाएकी थिइन्। अहिले आफ्नो चलचित्र ‘द स्काई इज पिंक’ चलचित्रको प्रोमोशनमा छिन्। यही अवधिमा जायरा चलचित्र क्षेत्रमा पुन फर्कन सक्ने अनुमान लगाइएको छ।
जायरा अभिनित पछिल्लो चलचित्रको पोस्टरमा प्रियंका चोपडा, फरहान अख्तर र रोहित सराफसँग जायरा पनि देखिएकी छन्। वास्तविक जीवनमा आधारित यो चलचित्र सन् २०१९ को अक्टोबर ११ मा प्रदर्शन हुँदैछ।
पोस्टर सार्वजनिक भएसँगै अभिनेत्री प्रियंका चोपडाले एक फोटो सार्वजनिक गर्दै ट्वीट पनि गरेकी थिइन् जसमा जायराको चलचित्र क्षेत्रमा फर्कने संभावना देखिएको संकेत छ।
प्रकाशित मितिः २०७६ भदौ २९ आइतबार