कान बज्ने समस्या घातक राेगकाे लक्षण हुनसक्छ

भक्तपुर न्यूज

२२ भदौ २०७६ ४:४०

कान बज्ने समस्या घातक राेगकाे लक्षण हुनसक्छ

काठमाडौं । कहिले कही कान बिना कारण बज्ने गर्छ । केही गरिरहदा, नुहाउँदा वा लामो दुरीको यात्रा गर्दा, हवाईजहाजको यात्रा गर्दा धन्टी बज्नु, पानीको छालको आवाज, स्याँ–स्याँको आवाज, सिठी बजेको, गित गुनगुनाएको जस्तो बज्ने गर्छ यसलाई कान कराएको वा कान बजेको भनिन्छ । कान बज्ने समस्यालाई अंग्रेजी भाषामा ‘टाईनिटस’ पनि भन्ने गरिन्छ ।

कतिले यस विषयमा नजानेर कानमा केही छिरेर वा शरीरमा कमजोरी भएको कारण कान कराएको वा कान बजेको अनुमान गरिरहेका हुन्छन् । कान बज्ने समस्या कहिले एउटा कान वा दुवैमा समेत हुन सक्नुका साथै कहिलेकाही वा पटक पटक पनि हुन सक्छ । सामान्य रुघाखोकी, ज्वरो, बाईक तथा हवाईजहाजको यात्रा गर्दा यस्तो समस्या देखिएमा यसलाई खासै गम्भीर मानिदैन । तर, लामो समयसम्म यस्तो समस्या रहिरहे र पटक पटक दोहोरिरहे यो घातक हुन सक्छ ।

ठूलो आवाजमा धेरै बेर बसिराख्नाले वा कामको अत्यधिक चापको साथै मानसिक तनावले पनि कान बज्ने समस्या सुरु हुन सक्छ । टाऊकोमा चोटपटक लाग्दा, कानमा फोहोर जम्मा हुदा, कानमा ईन्फेक्शन हुदा, कानको भित्री भागमा रहेको नशामा ट्युमर भएमा, मस्तिष्कको भित्री भागमा रक्तश्राव भएमा,पिनास, मधुमेह, रक्ताल्पता, मुटुको रोग, ऊच्च रक्तचाप हुँदा, रगतमा थाइराईडको कमिका कारणले कान बज्ने गर्छ ।

यस बाहेक एन्टिबायोटिक र एन्टिडिप्रेशनको औषधिको धेरै प्रयोग तथा साइड इफेक्टका कारण, अत्यधिक रक्सिको सेवन साथै बृद्धा अवस्थामा कानको अनेक भागमा क्षय हुनुका साथै विकृति आऊनाले पनि कान कराउने समस्या हुनसक्छ ।

कलकारखानामा काम गर्ने श्रमिकहरु, संगितकार तथा होहल्ला हुने वातावरणमा काम गर्ने मानिसहरु तथा धुम्रपान गर्ने व्यक्तिहरु विषेशगरी जोखिमा हुने गर्छन् । सामान्यतया कान बज्ने समस्यालाई खासै गम्भीर समस्या मानिदैन ।

यस्तो समस्या देखिएमा यो समस्या १ देखि ५ दिनमा आफै ठीक भएर जान्छ । बेस्सरी कान थिचेर छोड्नाले, चुइगम, चकलेट चपाउनाले पनि कान बज्ने समस्याको समाधान गर्न सकिन्छ । तर, कान बज्ने समस्याका साथमा कानमा दुखेमा, कानबाट तरल पदार्थ निस्किएमा, कान सुनिन कम भएमा तुरुन्तै नाक,कान,घाटी रोग विषेशज्ञ कहाँ जान आवश्यक हुन्छ । सामान्य देखिने समस्या पनि गम्भीर रोगको संकेत हुन सक्छ अर्थात यो ट्युमरको पनि संकेत हुन सक्छ ।

प्रकाशित मितिः २०७६ भदौ २२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *