रातिको खानापछि हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक

भक्तपुर न्यूज

१२ भदौ २०७६ ७:४२

रातिको खानापछि हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक

काठमाडौँ । धेरै कार्बोहाइड्रेट भएको कारणले मानिसहरुलाई जहिलेपनि खाना खाएपछि सुस्त महसूस हुने गर्छ । धेरैजसो टन्न खाना खाएपछि आँखा भारी हुन थाल्छ र निन्द्रा लाग्ने हुन्छ । ब्यस्त जीवनशैली, दिनभरिको काम, तनावले गर्दा थाकेका मानिसहरु हरेक राति खाना खानासाथ ढल्केर आराम गर्ने वा सुत्ने गर्छन् ।

तर, यसरी खाना खाने बितिक्कै आराम गर्नाले वा सुत्नाले स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । खान खानेबित्तिक्कै पल्टिँदा वा सुत्ने गर्दा शरीरमा विभिन्न किसिमको रोगहरु लाग्ने सम्भावना बढेर जान्छ । अल्छिपन, शरीरलाई लाग्ने रोगबाट बच्न, तौल नियन्त्रण गर्न र आफूलाई स्वस्थ राख्नका लागि रातिको खाना खाएपछि केही समय हिँड्नु फाइदाजनक हुन सक्छ ।

खाना खाने बित्तिकै ढल्किने गर्दा पेटमा बोसो थुप्रेर पेट लाग्ने समस्या बढ्न जान्छ । मोटोपनाले मात्र पनि मानव शरीरमा विभिन्न प्रकारको रोगहरु उत्पन्न गराउने हुन्छ । आफ्नो वजनलाई नियन्त्रण राख्नका लागि खाना खाएपछि नसुती एकछिन बाहिर बरन्डा वा घर वरीपरि हिँड्ने बानी बसाल्नु पर्छ ।

खाना खाएपछि केही समय मात्र बिस्तारै हिँड्ने गर्दा पाचन प्रक्रिया सक्रिय भएर मोटाबोलिज्म मजबुत हुन जान्छ जसले गर्दा थुप्रिएको बोसो पग्लिन गइ शरीरको तौल पनि नियन्त्रणमा आउने गर्छ । खाना खाएपछि प्राय अल्छि र सुस्त महसुस हुने हुदा खाना खाए पछि हिड्ने बानी बसाउदा शरीरको अल्छिपन, तनाव हटेर पेट सम्बन्धी, र अन्य विभिन्न समस्याहरु हराएर जान्छ ।

रातिको खानापछि हल्का हिँड्ने गर्दा खाएको खाना सजिलैसँग पच्ने गर्छ । खाना खाएपछि केही समय नसुतीकन हिँड्ने गर्दा शरीरको अतिरिक्त क्यालोरी तथा बोसो पगालेर पेट तथा मोटो शरीरलाई घटाउन मद्दत गर्छ जसले गर्दा रक्तचाप, कोलेस्टेरोल पनि नियन्त्रणमा रहने हुन्छ । बाहिरको स्वच्छ वातावरण तथा हावाले शरीरमा अक्सिजन प्रदान गरेर ब्लड सर्कुलेसनलाई सक्रिय गरेर अनिन्द्राको समस्यालाई हटाइ राम्रो निन्द्रा ल्याउन समेत मद्दत गर्छ ।

कोलेस्टेरोल तथा मधुमेहका बिमारीले खाना पछि कम्तिमा पनि ३ मिनेट टहल्ने बानी बसाउँदा शरीरमा ब्लडसुगरको मात्रा कम हुनुका साथै स्वास्थ्यको लागि समेत निकै राम्रो फाइदा पुग्ने गर्छ ।

प्रकाशित मितिः २०७६ भदौ १२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *