नाकको एलर्जीबाट बच्ने उपायहरू

भक्तपुर न्यूज

५ भदौ २०७६ ७:३०

नाकको एलर्जीबाट बच्ने उपायहरू

काठमाडमौँ । सास फेर्ने र सुँघ्ने काम गर्ने पाँच इन्द्रीयमध्येको एक अंगलाई नाक भनिन्छ । मानिस तथा जनावरले धेरै कुरा नाकले थाहा पाउँछ । त्यसको मतलब हो केही कुराको गन्ध नाकले सुँघेर थाहा पाउन सकिन्छ ।

वायूप्रदूषणका कारण आजकल नाकको एलर्जी को समस्या बढ्दै गएको छ । नाकको एलर्जी धेरै कडा रोग नभए पनि समस्याले गस्रित व्यक्तिको सामाजिक जीवनमा परिवर्तन ल्याउने गर्छ । प्राडा बिमलकुमार सिन्हाका अनुसार वायुमण्डलमा हुने एलर्जी गराउने वस्तु एलर्जेनको संसर्गपछि प्रतीकारात्मक कणको माध्यमबाट नाकको भित्रीपत्र सुन्निने अवस्थालाई नाकको एलर्जी भनिन्छ ।

खासगरी धूवाँ, धूलो, घरको धूलोमा हुने किरा, चुरोटको धूलो, ढुसी, घरपालुवा जनावaर, साङ्लो तथा अरु किराहरु र बिरुवाबाट निस्कने एलर्जेनहरु नाकको एलर्जीका मुख्य कारणहरु हुन् । नाकको एलर्जी भएको बेलामा धेरै पातलो सिगान बग्ने, हाच्छिउ आउने, नाक बन्द हुने, आँखा रातो हुने, चिलाउने जस्ता लक्षण हुन्छ । सबैलाई लक्षणहरु एकैनासको हुन्छ भन्ने छैन । कसैलाई हल्का एलर्जी मात्र हुन्छ भने कसैलाई माध्यम तथा कडा एलर्जीहरुका लक्षण पनि हुन सक्छ ।

रोगको अवधिको आधारमा नाकको एलर्जीलाई दुई भागमा विभाजित गरिएको छ, सधैं लागि रहने तथा कहिलेकाहीं लाग्ने गरी गरिएको छ । नाकको एलर्जी भएकाहरुलाई दमसमेत हुन हुन्छ । घरभित्र हुने धूवाँ–धूलो नाकको एलर्जी हुने एक प्रमुख कारक भएकोले घरलाई सफा राख्नुका साथ बाहिर हिँड्दा मास्क लाएर हिँड्ने गर्नु पर्छ । नाकको एलर्जीबाट बच्नका लागि धूवाँ निस्कने सामाग्री दाउरा, पात गुइँठा, कोइला नबाल्ने, एन्टिबायोटिको अनावश्यक प्रयोग नगर्ने, गर्भवतीले धूमपान नगर्ने, अरुले पनि घरभित्र चुरोट सेवन गर्नु हुँदैन ।

घरमा लगाएको तन्ना, सिरानी खोल तथा दराजमा राखेको कपडा समयसमयमा धुएर घाममा सुकाउने, धूलो टाँसिने कार्पेटको प्रयोग नगर्ने, एसी,एयरकूलर आदिको एयर फिल्टर समयसमयमा सफा गरिरहने, घर पालुवा जनावरहरुको सफाइ तथा हेरचाह गर्ने तथा घर तथा छेउछाउका वातावरणलाई सफा राख्न आवश्यक देखिन्छ । नाकको एलर्जी एक वंशाणुगत समस्या पनि हुन सक्ने भएकोले डाक्टरको परामर्श लिएर औषधि उपचार, खानपान, रहनसहन तथा नियमित व्यायाम आदिलाई नियन्त्रण गर्न सकिन्छ । तर, नाकको एलर्जीलाई पूरै निको पार्न निकै कठिक हुन्छ ।

प्रकाशित मितिः २०७६ भदौ ५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *