तौल घटाउन सेवन गर्नुहोस् अम्बाको पात
काठमाडौँ ।अम्बालाई अम्बक, बेलौती पनि भनिन्छ । प्रकृतिको देन फलफूलहरुको मानव स्वास्थ्यमा आफ्नै विशेष प्रकारको महत्त्व हुन्छ । यसै सन्दर्भमा अम्बा पनि मानव शरीरका लागि निकै नै लाभदायक छ ।
जानकारहरूका अनुसार नेपालका प्रायः सबै क्षेत्रमा पाइने यस फलमा भिटामिन ‘सी’, फाइबर तथा अरु महत्त्वपूर्ण खनिजहरु पाइन्छन् । अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्वपूर्ण छ । यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरुले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ ।
अम्बाको पातले तौल घटाउनका लागि सहयोग गर्दछ । मोटा मानिसहरूका लागि तौल घटाउने समस्याको साथी पनि हुन सक्दछ, अम्बाको पात । यसले कार्बोहाइड्डमा पाइने स्टार्चलाई चिनीमा बदलिने प्रक्रियालाई रोक्छ जसबाट तौल घटाउन मद्दत पुग्दछ । यस्तै अम्बाको पातबाट झाडापखालाबाट मुक्ति पाइन्छ । अम्बाको पात झाडापखाला समस्यामा पनि निकै सहयोग हुन्छ । ३० ग्राम अम्बाको पात र एक मुठ्ठी चामलको पीठोमा दुई गिलास पानी हालेर उमालेको पानी दिनको दुई पटक पिउँदा निकै सन्चो हुन्छ ।
अम्बाको पात मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ । अम्बाको पातबाट बनेको चिया मुधमेह रोगीका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनबाट रगतमा चिनीको मात्रा कम हुन्छ । यस्तै मुटुका लागि अम्बाको पात लाभकारी मानिन्छ । अम्बाको पातको चिया मुटुका लागि पनि फाइदाजनक हुन्छ । यसले रगतमा कोलेस्ट्रलको मात्रा कम गराउन सघाउ पुग्दछ ।
अम्बाको पातमा कुनै पनि प्रकारका ऐलर्जीको समस्याबाट पार पाउने गुणहरु विद्यमान छन् । यी पातहरुमा ऐलर्जीलाई अवरोध तत्वहरु पाइन्छन् । अम्बाको पातमा एण्टीसेप्टिक गुण पाइने हुनाले डण्डीफोर हटाउन पनि मद्दत गर्दछ । यो समस्यामा अम्बाको ताजा पातहरुलाई पिसेर डण्डीफोर भएको ठाउँमा लगाउनु पर्दछ । नियमितरुपमा यसको प्रयोगबाट बिस्तारै डण्डीफोरको समस्याबाट मुक्ति पाउन सकिन्छ ।
अम्बाको पातको अर्को गुण यसले कपाल बलियो बनाउनुका साथै छालाको पनि राम्रो हेरचाह गर्दछ । यसका लागि अम्बाको ताजा पातको रस पिउनु उपयुक्त मानिन्छ । अम्बाको पात खाँदा खाना नपच्ने समस्याबाट छुटकारा पाइन्छ । यी पातले डाइजेष्टिभ इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्दछन् ।
प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार