तामाको भाँडामा कम्तिमा ८ घण्टा राखेको पानी पिउनु फाइदाजनक

भक्तपुर न्यूज

४ भदौ २०७६ ११:२६

तामाको भाँडामा कम्तिमा ८ घण्टा राखेको पानी पिउनु फाइदाजनक

काठमाडौँ । हिन्दु संस्कारमा तामालाई पवित्र धातु मानिन्छ । पुजापाठदेखि हरेक काममा तामाको भाँडाको प्रयोग गरिन्छ । आयुर्वेदमा तामाको भाँडोमा राखिएको पानी पिउने गर्दा स्वास्थ्यका लागि निकै लाभदायक हुने उल्लेख गरिएको छ ।

त्यसमध्ये तामाको भाँडोमा राखिएको पानी पिउँने गर्दा तीनवटा मुख्य दोष बात, कफ र पित्तलाई सन्तुलित गर्छ । पहिलाको तुलनामा आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । आयुर्वेदले तामाको भाँडामा राखिएको पानी कहिल्यै पनि बासी नहुने भएकोले लामो समयसम्म पिउन सकिने भन्छ ।

तामको भाँडामा कम्तिमा ८ घण्टा राखेको पानी सबै भन्दा उत्कृष्ट मानिन्छ । तामामा ब्याक्टेरिया स्टेरलाइज गर्नसक्ने क्षमता हुने भएकाले पानीबाट सिर्जना हुने डायरिया, जण्डिसजस्ता रोगबाट बच्न तामाको भाँडामा राखिएको पानी पिउन विज्ञहरुले सल्लाह दिन्छन् । तामामा पाचनतन्त्रलाई आकारमा ल्याउने क्षमता हुने भएकोले तामाको भाँडोमा राखिएको पानीको नियमित सेवन गर्नाले यसले शरीरमा छिट्टो र प्रभावकारी तरिकाले बोसो घटाएर तौललाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

तामाले शरीरको रोगप्रतिरोधक क्षमता बढाएर पेटमा हुने अनेकौं संक्रमणको उपचार गर्दछ । यसबाट पेटभित्र रहेका हानिकारक व्याक्टेरिया मर्नुका साथै पेटको जलन, अल्सर, इन्फेक्सन आदिमा निकै राहत दिन्छ । यस्तो पानी पिउदा शरीरमा कोषिकाको निर्माण गरेर रगतको कमी पूरा गर्नुका साथै शरीरमा रगतको कमी हुँदा देखा पर्ने थकान, मांसपेशीमा पीडा, कमजोरी र पाचन समस्या जस्ता लक्षणलाई कम गर्छ ।

तामाले दिमागलाई उत्तेजित गरि सक्रिय बनाउने हुदा दिनदिनै तामाको भाँडोमा राखेको पानी पिउँदा स्मरणशक्ति बलियो हुनुका साथै दिमागलाई स्वस्थ राख्छ । तामामा पाइने खनिज पदार्थले थाइरोइड ग्रन्थिलाई सही तरिकाले काम गराएर थाइरोइड हटाउन सहयोग गर्छ । तामामा एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण हुन्छ जसले छाला कोषिकालाई सुरक्षित राखेर उमेर बढ्ने गतिलाई ढिलो बनाउँछ ।

तामाको भाँडोमा राखिएको पानीलाई नियमित पिउने गर्दा अनुहारमा भएका मृत छालालाई हटाएर अनुहारमा मुजा पर्ने समस्या आउन दिदैन र शरीरको घाउ, खटिरा, र चोटपटकहरु पनि छिट्टै निको हुन्छ । आँखा, छाला र कपालको रंग दिने तथा सूर्यको कडा किरणबाट बचाउनका लागि चाहिने मेलेनिनको निर्माणमा तामाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । शरीरको आन्तरिक सफाइका लागि तामाको पानीले सहयोग गरेर मिर्गौला र कलेजोलाई स्वस्थ राख्दछ ।

शरीरमा भएका कणले क्यान्सर कोशिकालाई विकसित गर्छन् भने तामामा भएको शक्तिशाली एन्टीअक्सिडेन्ट गुणले यी कणहरूलाई निस्काशित गरेर शरीरमा नकारात्मक प्रभावलाई कम गरि क्यान्सर हुनबाट जोगाउने गर्छ । रक्तचाप, मुटुको धड्कन, कोलेस्ट्रोल नियन्त्रणमा फाइदा पुर्याउने रसायन तामामा हुने भएकाले तामाको भाँडामा राखिएको पानीको नियमित सेवनले यस्ता खतराबाट धेरै हदसम्म टाढा रहन सकिने अमेरिकन क्यान्सर सोसाइटीले यो तथ्यलाई पुस्टि गरेको छ ।

प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *