कम्प्युटर भिजन सिन्ड्रोम के हो ?, यसबाट कसरी बच्ने ?

भक्तपुर न्यूज

४ भदौ २०७६ ११:२०

कम्प्युटर भिजन सिन्ड्रोम के हो ?, यसबाट कसरी बच्ने ?

काठमाडौँ । धेरै मानिस लामो समयसम्म कम्युटर तथा ल्यापटपको मद्दतले काम गर्छन् । डिजिटल सामाग्रीहरू मानिसको दैनिकीको हिस्सा बनेको छ । धेरै समय कम्युटरमा बसे स्वास्थ्य सम्बन्धी समस्या पनि देखिन सक्छ । धेरै समय कम्युटरमा बस्दा ‘कम्यूटर भिजन सिन्ड्रोम’ रोग देखा पर्न सक्ने एक अनुसन्धानले देखाएको छ ।

लामो समयसम्म कम्प्युटर, ल्यापटप तथा मोबाइल जस्ता डिजिटल सामग्रीहरुको प्रयोगले गर्दा आँखा तथा दृष्टिमा आउने समस्यालाई ‘कम्प्युटर भिजन सिन्ड्रोम’ भनिन्छ । मोबाइल, ल्यापटप, आइप्याड, कम्प्युटर , टेलिभिजन जस्ता डिजिटल सामग्रीहरु मानव जीवनको अभिन्न हिस्सा बनिसकेका छन् । डिजिटल सामानको प्रयोगले दैनिकीलाई सजिलो बनाएको छ । तर यस्ता सामग्रीहरुको प्रयोगले दैनिक जीवनलाई सहज बनाए पनि लामो समयसम्मको प्रयोगले आँखा र दृष्टिमा गम्भीर असर गर्ने डा.बिपिन कोइरालाले बताएका छन् ।

‘भिजन काउन्सिल’ नामक एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानमा विश्वमा हरेक मानिसले प्रत्येक दिन सात घन्टा जति यस्तो सामाग्रीहरुको नजिक रहेर काम गर्ने गर्छन् । यस्ता डिजिटल सामग्रीको स्क्रिनबाट आउने ब्लु लाइट नामक प्रकाश शक्तिशाली हुन्छ, जसको अत्यधिक सम्पर्कले टाउको दुख्ने, आँखा थाक्ने जस्ता लक्षणहरु देखा पर्न सक्छ ।

अनुसन्धानलाई आधार मान्ने हो भने यस्तो ब्लु लाइटले शरीरमा हुने मेलाटोनिन नामक तत्वको मात्रालाई घटाएर निन्द्रा नलाग्ने लक्षण देखिन थाल्छ । कम्प्युटर, मोबाइललाई एकदम नजिक राखेर को प्रयोग गरिने गर्छन् ।

लामो समयसम्म नजिकको काम गर्दा आँखाभित्र र बाहिरका मांसपेसी थाक्ने, आँखा र स्क्रिन बीचको दूरी, स्क्रिन र आँखाको लेभल, आँखामा सिधै पर्ने फ्यानको हावामा ध्यान नदिँदा यस्तो समस्या झन् बढेर जान्छ । आफुले काम गर्ने ठाउँमा उज्यालोपन कम वा धेरै भए पनि आँखालाई थकान महसुस हुन्छ । गलत मुद्रामा रहेर काम गर्दा घाँटी, काँध, ढाड दुख्ने तथा कार्यक्षमता समेत घट्ने गर्छ ।

‘कम्प्युटर भिजन सिन्ड्रोम’ भएमा आँखामा थकान, आँखा सुक्खा हुने, चिलाउने, पोल्ने, धेरै आँसु आउने, टाउको दुख्ने, तथा धेरै समय काम गरेपछि धमिलो देखिने र कहिलेकाही एक वस्तुलाई दुई वटा देखिने जस्ता लक्षणहरु देखा पर्न थालछन् ।

सिन्ड्रोमबाट बच्नका लागि काम गर्ने वातावरण आफूअनुकूल र सहज बनाउने, दिनभरी कम्प्युटर तथा मोबाइलमा नझुन्दिने, हानिकारक प्रकाशबाट बच्नको लागि चस्माको प्रयोग गर्ने, पर्याप्त उज्यालो आउने कोठाको प्रयोग गर्ने, काम गर्दा आँखामा सिधै पर्ने हावाबाट जोगिने, आँखा सुख्खा, पोलेमा वा चिलाएमा कृत्रिम आँसु थोपाको प्रयोग गर्ने र २० मिनेट कम्प्युटरमा काम गरेपछि २० सेकेन्ड विश्राम तथा २० फिट टाढा रहेको कुनै वस्तुलाई केहीबेर हेर्ने गर्दा समस्याबाट बच्न सकिन्छ । साथै, रेगुलर आँखा जाँच गराइ रहनु पर्छ ।

प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *