ब्युटी पार्लरबाट रोगहरू ल्याउन्छ

भक्तपुर न्यूज

४ भदौ २०७६ ८:१२

ब्युटी पार्लरबाट रोगहरू ल्याउन्छ

काठमाडौँ । आजकल पार्टीहरूमा जानुअघि महिलाहरू ब्युटी पार्लरमा शृंगार गर्न पुग्छन् । सुन्दर देखिने प्रयासमा उनीहरू नजानिकनै रोग पनि बोकेर आउने सम्भावना रहन्छ । पार्लरमा प्रयोग हुने सामग्री राम्रोसँग सफा नभएमा संक्रमण हुने सम्भावना रहन्छ । त्यसैले संक्रमणबाट बच्नका लागि यी कुराहरूमा ध्यान दिनुपर्छ ।

म्यानिक्योर पेडीक्योर वा थ्रेडिङ गर्ने उपकरण सफा हुनुपर्छ । पार्लरमा हेयरस्टाइल बनाउँदा वा हेयरकट गर्दा प्रयोग हुने काइँयो र कैंचीबाट पनि संक्रमण हुनसक्छ । त्यसैले पार्लर जानुअघि त्यहाँ सफाइको व्यवस्था छ कि छैन भनी सुनिश्चित गर्नुपर्छ ।

पार्लरमा रुमाल वा तौलियाको उपयोग हुन्छ । सबैको फोहोर त्यसमा टाँसिएको हुनसक्छ । त्यसैले त्यसको ठाउँमा टिस्यु पेपर प्रयोग गर्नुस् । टिस्यु पेपर छैन भने पार्लरवालीलाई नयाँ रुमाल दिन भन्नुस् ।

पार्लरमा दिनभरिमा धेरै मानिस आउँछन् । त्यसैले हतारमा पार्लरवालीले हात धुन बिर्सन सक्छिन् । तपाईं आफैंले उनलाई सम्झाएर स्वास्थ्य राम्रो बनाउनुस् ।

प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *