स्वास्थ्यकोलागी धेरै फाइदा मह

भक्तपुर न्यूज

४ भदौ २०७६ ७:०४

स्वास्थ्यकोलागी धेरै फाइदा मह

काठमाडौँ । मह एक गुणकारी खाद्यपदार्थ हो । पूजाआजामा प्रयोग हुनुका अलावा महले स्वास्थ्यसम्बन्धी समस्या पनि हटाउँछ । यसमा भएको एन्टीअक्सिडेन्ट, भिटामिन, क्याल्सियम, आइरन र म्याग्नेसियम स्वास्थ्यका लागि धेरै लाभदायक छ ।

उमेर बढ्दै गएपछि देखिने लक्षण घटाउन, स्मरणशक्ति बढाउन, रोगप्रतिरोधात्मक क्षमता बढाउन, महिलाहरूमा एस्ट्रोजन हार्मोन बनाउने प्रक्रिया तेज बनाउन, टाइफाइड र निमोनिया हटाउन मह काम लाग्छ ।

अनुहारमा मह लगाउँदा शुष्क छाला हुने, चिलाउने समस्या अनि छालाको रोग हटाउन, ओठलाई नरम बनाउन, अनुहारका फोकाफोकी र दाग हटाउन समेत मह उपयोगी हुन्छ ।

अनि मोटोपना घटाउन पनि मह उपयोगी हुन्छ । मनतातो पानीमा मह र कागतीको रस मिसाएर पिउँदा तौल घट्छ । तौल बढाउनुछ भने मह र दूध मिसाएर खानु लाभदायक हुन्छ ।

प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *