चन्द्रयान–२ लाई महत्वपूर्ण सफलता, प्रवेश गर्‍यो चन्द्रमाको कक्षमा

भक्तपुर न्यूज

३ भदौ २०७६ ८:१३

चन्द्रयान–२ लाई महत्वपूर्ण सफलता, प्रवेश गर्‍यो चन्द्रमाको कक्षमा

काठमाडौँ । भारतीय अन्तरिक्ष मिसन चन्द्रयान–२ सफलता पूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । चन्द्रयान–२ मंगलबार बिहान चन्द्रमाको कक्षमा सफलता पूर्वक पुगेको भारतको अन्तरिक्ष संस्था इसरोले बताएको छ ।

अब चन्द्रयान–२ लाई चन्द्रमाको ध्रुवको अन्तिम कक्षमा प्रवेश गराइने इसरोले जारी गरेको वक्तव्यमा भनिएको छ । त्यसपछि चन्द्रमाको सतहसँग यानको दूरी १०० किलोमिटरको हुनेछ ।

इसरोका अनुसार चन्द्रयान–२ आउँदो सेप्टेम्बर ७ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछ । चन्द्रयान–२ तीन लाख ८४ हजार किलोमिटरको दूरी तय गरेर चन्द्रमाको कक्षमा पुगेको हो ।

यो अभियान चन्द्रयान–२ का लागि निकै कठीन मानिएको थियो । लुनर क्याप्चर मिसनमा सफलता पाएपछि अब चन्द्रयान–२ लाई चन्द्रमाको सहतहमा अवतरण गर्नु अर्को चुनौतिको काम हुनेछ ।एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ ३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *