हेटौँडा– प्रदेश नं ३ ले एक विद्यालय एक नर्स कार्यक्रमका लागि १०१ स्थानीय तहमा नर्सका लागि रोजगारीको अवसर खुला गरेको छ।
सिन्धुली, रामेछाप, दोलखा , सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन गरि १३ जिल्लाका स्थानीय तहका विद्यालयका लागि नर्स नियुक्त गर्न लागिएको हो।
सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ ले आज सूचना प्रकाशित गरी सेवा करारमा लिने सम्बन्धी सूचना प्रकाशित गरेको हो।
सूचना प्रकाशित भएको मितिदेखि २१ दिनभित्रसम्म इच्छुक उम्मेदवार(नर्स)ले आवदेन दिन सक्नेछन् । आवेदनको फर्म मन्त्रालयको वेबसाइटमा पनि हेर्न सकिन्छ।
प्रदेश ३ ले ११९ स्थानीय तहको १२१ विद्यालयमा यो कार्यक्रम गर्ने लक्ष्य लिएको छ जसका लागि प्रदेशले ६ करोड ६५ लाख बजेट पनि छुट्याएको छ।
प्रकाशित मितिः २०७६ भदौ ३ मंगलबार