निर्मला पन्तकी आमालाई भिमदत्त नगरपालिकाले जागिर दियो

भक्तपुर न्यूज

२६ असार २०७६ ७:१५

निर्मला पन्तकी आमालाई भिमदत्त नगरपालिकाले जागिर दियो

काठमाडौँ । गतबर्ष करणी पछि मारिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले जागिर पाएकी छन् । उनलाई कन्चनपुरकै भिमदत्त नगरपालिकाले कार्यलयमा सहयोग गर्नेगरी जागिर दिएको हो । उनलाई दैनिक हाजिरीको आधारमा पारिश्रमिक पाउनेगरी जागिर दिईएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताएका छन् ।

केही महिना अघिबाटै दुर्गादेवी पन्तले आफुलाई परिवार धान्न गाह्रो भएको भन्दै नगरपालिका कार्यालयमा निवेदन दिँदै आएकोले नगरपालिकाको निर्णय अनुसार नै उनलाई जागिरका लागि नियुक्त दिईएको मेयर विष्टले बताएका छन् । उनका पति अर्की श्रीमतीसँग फरक बसेकाले आफुलाई घरपरिवार धान्न गाह्रो भएको बताउदै आएकी थिईन् ।

प्रकाशित मितिः २०७६ असार २६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय