धादिङमा गाँजासहित एकजना पक्राउ

भक्तपुर न्यूज

२६ असार २०७६ ६:२७

धादिङमा गाँजासहित एकजना पक्राउ

काठमाडौं । गजुरी गाउँपालिका–२ डुँडेठाँटीबाट प्रहरी टोलीले बिहीबार प्रतिबन्धित लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

अवैधरूपमा आठ बोरामा ओसारपसारका लागि राखिएको अवस्थामा २४५ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न बेनिघाटरोराङ गाउँपालिका वडा नं १ का ४१ वर्षीय वीरबहादुर लामालाई पक्राउ गरिएको छ ।

आरोपितलाई प्रतिबन्धित लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा लगाइने प्रहरीले जनाएको छ । पक्राउ गरिएका लामालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।

प्रकाशित मितिः २०७६ असार २६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय