हत्या गरि शव गाडेको अवस्थामा फेला
काठमाडौँ । कैलालीको चुरे गाउँपालिका ६ मडमा श्रीमान,श्रीमती मिलेर एकजनाको हत्या गरेका छन् । हत्या गरि शव गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ ।
गुल्मी घर भई ज्याला मजदुरी गर्दै आइरहेका अन्दाजी ४०,४५ वर्षका कमल कुँवरको गत असार २२ गते श्रीमान,श्रीमती मिलेर हत्या गरि सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।कुँवरको हत्या गरेको आरोपमा सोही ठाउँका श्रीमान,श्रीमति लाल बहादुर लामा र कल्पना लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कल्पनाका पुर्व प्रेमी रहेका कुँवरको हत्या गरि खोला किनारमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले जानकारी दिए ।
हत्या गरेर जमिनमा शव गाडेको भन्ने सुचना स्थानीयले दिएपछि ईलाका प्रहरी कार्यालय फल्टुडे र जिल्ला प्रहरी कार्यालय कैलालीबाट गएको टोलीले मंगलबार अवेर सोही स्थानको सिमसेला खोला किनारमा शव खाडल खनि जमिनमुनी गाडेको अवस्थामा फेला पारेको प्रहरी उपरिक्षक गिरीले जानकारी दिए ।
असार २२ गते देखि हराएका कुँवर डेरामा नआएपछि स्थानियले खोजी गरिरहेका थिए । खोजि गर्दै जाँदा तिनै स्थानीयहरुले २४ गते दिउँसो हत्याको केही प्रमाण देखेपछि श्रीमानऽश्रीमतीको गतिविधि माथि निगरानी राखे र शंका लागेपछि प्रहरीलाई जानकारी गराएका थिए । हत्याको कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मृतकको शवलाई पोष्टमार्टमको लागि सेती अञ्चल अस्पताल धनगढी पुर्याएको छ ।
प्रकाशित मितिः २०७६ असार २५ बुधबार