चिरपटले हानेर ससुरा र ठूलो बुबाको हत्या

भक्तपुर न्यूज

२५ असार २०७६ ४:५७

चिरपटले हानेर ससुरा र ठूलो बुबाको हत्या

मंगलसेन । अछामको मंगलसेन नगरपालिका–१ कुन्तीवण्डालीमा दुई जनाको हत्या भएको छ ।

स्थानीय ढुंगानीका पिरम साउद लफेले आफ्नै ससुरा र ठूलो बुबाको दाउराको चिरपटले हानेर हत्या गरेका हुन् ।

उनले बुधबार बिहान १ बजे ५५ वर्षीय ससुरा वीरभान थापा र ठूलो बुबा ७२ वर्षीय देउसिंह साउदलाई निर्ममतापूर्वक हत्या गरेका छन् ।

ससुरा र ठूलो बुबाको हत्यापछि अभियुक्त साउद फरार रहेका छन् । के कारणले हत्या भएको हो भन्ने बारेमा प्रहरीले केही बताएको छैन ।

प्रकाशित मितिः २०७६ असार २५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *