प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र

भक्तपुर न्यूज

२४ असार २०७६ ८:४२

प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परिचयपत्र पाएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र प्रदान गरेका हुन् ।

प्रधानमन्त्रीका साथै उनकी पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र प्रदान गरिएको थियो ।

विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको थियो ।

नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार वितरण जारी छ ।

प्रकाशित मितिः २०७६ असार २४ मंगलवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *