भक्तपुरको सुर्यविनायकमा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाईते
काठमाडौं । भक्तपुरको सुर्यविनायकमा आज बिहान बसले ठक्कर दिँदा एक पैदलयात्री गम्भीर घाईते भएका छन् ।
गम्भीर घाईते हुनेमा सिन्धुपाल्चोकको ठुलो धादिङ घर भएका ७० वर्षीय पासाङ लामा रहेको प्रहरीले जनाएको छ ।
आज बिहान साढे ६ बजे बा २ ख ७७५९ नम्बरको बसले मदिरा पिएर बाटोमा हिँड्दै गरेका पैदलयात्री लामालाई ठक्कर दिँदा गम्भीर घाईते भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।
घाइते लामाको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचार भैरहेको छ । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७६ असार २४ मंगलवार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००