देशका अधिकांस स्थानमा भारी वर्षाको सम्भावना

भक्तपुर न्यूज

२४ असार २०७६ ६:०६

देशका अधिकांस स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ ।  यो वर्षको मनसुन विगतभन्दा केही ढिला भित्रिएर अलि ढिला नै सक्रिउ भएको छ । देशभर मनसुन सक्रिय भएसँगै लगातार केही दिनसम्म वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिन देशका अधिकांस ठाँउमा भारी एवं मध्य किसिमको वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै अगामी ३ दिन देशका पानी नपरेको ठाँउको मौसम बदली रहने छ । माैसममा लगातार फेर-बदलफ हुने क्रम जारी रहेकाे छ । कुनै दिन बदली, कुनै दिन वर्षा र कुनै दिन २-३ घण्टा वर्षा हुने-राेकिने क्रम जारी रहेकाे छ ।

त्यस्तै भारतमा रहेको न्यून चापीय रेखा नेपाल तर्फ आउँदै गरेका कारण पनि वर्षा भइरहेकाे छ । लगातार दिनभर पानी नपरे पनि मोसममा गडबडि रहने छ । २-३ घण्टा पानी पर्ने, बदली हुने किसिमको मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण याे समयमा बाढी-पहिराे,चट्याङ जस्ता प्राकृतिक प्रकोपको सम्भावना हुन्छ । यस्ता प्रकोपबाट सचेत भएर रहन माैसमविद्ले आग्रह गरेका छन् ।

बाढी पूर्वानुमान महाशाखाले अहिले देशका पूर्व, मध्य र पश्चिमका विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले उक्त क्षेत्रका नदी खोलाहरूमा आकस्मिक बाढी तथा बहाव बढ्ने सम्भावना उच्च रहेको जनाउदै बाढी-पहिरोबाट सतर्क रहन आह्वान गरेको छ।

अागामि ३ दिनकाे माैसम:-

असार २४ गते (मंगलवार) 

 दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

असार २५ गते (बुधवार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केहि  भू-भागमा वर्षाको सम्भावना छ। देशको १/२ स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

असार २६  गते (बिहिबार )

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली बदली रहनेछ। देशका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै  थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा  वर्षा हुनुको साथै  थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

प्रकाशित मितिः २०७६ असार २४ मंगलवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *